News Summary
Generated by OK AI. Editorially reviewed.
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा कार्यविभाजनलाई लिएर कर्णाली प्रदेशका नेताहरुले केन्द्रीय अध्यक्ष सुजन कडरियाको सर्कुलर अस्वीकार गरेका छन्।
शनिबार कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने भर्चुअल बैठकले सञ्जय योगीलाई प्रदेश संयोजक बनाउने निर्णय गरेको छ।
बैठकले सचिव धर्म शाहीलाई संयोजक बनाउनु विधि मिचेर गरिएको भन्दै संगठनात्मक मर्यादामा नरहेको उल्लेख गरेको छ।
३१ साउन, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा कार्यविभाजनलाई लिएर विवाद बढेको छ ।
गण्डकी प्रदेशपछि कर्णालीका नेताहरुले केन्द्रीय अध्यक्ष सुजन कडरियाको सर्कुलरलाई अस्वीकार गरिएका छन् । शनिबार कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने केन्द्रीय सचिवालय र केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बसेको थियो ।
यो बैठकले कडरियाको सर्कुलरलाई संगठनात्मक मर्यादामा नरहेको, आन्तरिक लोकतन्त्रविरुद्ध र कार्यकर्ताको आत्मसम्मानमाथि खुला आक्रमण भनेको छ ।
बैठकले कर्णाली प्रदेश संयोजकमा सञ्जय योगीलाई बनाउने निर्णय पनि गरेको छ । सर्कुलरमा भने संगठनका सचिव धर्म शाहीलाई संयोजक तोकिएको थियो ।
तर उपाध्यक्ष योगी हुँदाहुँदै विधि मिचेर सचिव शाहीलाई प्रदेश संयोजक बनाइएको भर्चुअल बैठकले निष्कर्ष निकालेको छ । ‘बैठक मार्फत कमरेड सञ्जय योगी संयोजक हुनेगरी निर्णय गरिएको छ’, बैठकपछि जारी बक्तव्यमा भनिएको छ ।
बक्तव्यमा केन्द्रीय सचिवालय सदस्यहरु अक्कल सिजापति, प्रतिमा खड्का, विराज भण्डारी, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, रत्ननाथ योगी, सन्जिता साह, दैलेख अध्यक्ष झलक खड्का र सुर्खेत अध्यक्ष प्रतीक शाहीले हस्ताक्षर गरेका छन् ।













