खेतमा लगाएको तारबारमा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु 

भदौ १, २०८२
saptari death husband wife pic by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार करेन्ट लागेर मृत्यु भएका छन्।
शनिबार बिहान ८ बजे खेतबाट फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन लगाइएको बारमा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय कञ्चनरुपले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

१ भदौ, जनकपुरधाम । सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी प्रमुख डीएसपी माधव प्रसाद काफ्लेका अनुसार शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.