दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा दरखास्त आह्वान

भदौ १, २०८२
ddc dugdha bikash samsthan by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले भदौ २१ गतेभित्र आवेदन पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
महाप्रबन्धक पदका लागि स्नातकोत्तर तहको प्रशासन, व्यवस्थापन वा नुकान विषयमा योग्यता र ३० देखि ६० वर्ष उमेरसीमा तोकिएको छ।

१ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) को रिक्त रहेको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले आज आइतबार एक सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने जनाएको हो । सूचनाअनुसार, योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आजको मितिले २१ दिनभित्र अर्थात् भदौ २१ गतेभित्र आफ्नो आवेदन पेश गरिसक्नुपर्नेछ ।

आवेदन फारम मन्त्रालयको सिंहदरबारस्थित कर्मचारी प्रशासन शाखा (बोर्डरसंस्थान डेस्क) मा गोप्य सिलबन्दी गरी कार्यालय समयभित्र बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

महाप्रबन्धक पदका लागि एक जनाको माग गरिएको छ । यदि दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

शैक्षिक योग्यताका हकमा प्रशासन, व्यवस्थापन वा नुकान विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने छ । उमेर ३० वर्ष पूरा भई ६० ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.