जुवातास खेलेको आरोपमा ८ जना रानीवनबाट पक्राउ – Online Khabar

भदौ १, २०८२
ok profile by Ditible

१ भदौ, काठमाडौं । जुवातास खेलेको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका–१ रानिवनस्थित पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा शनिबार दिउँसो आठ जना पक्राउ परेका हुन् ।

गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका ४८ वर्षीय देव खनाल लगायत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ४ सय ८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published.