रोल्पामा जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर बिरामी

भदौ १, २०८२
Death body by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

रोल्पामा जंगली च्याउ खाँदा ७४ वर्षीया नर्मला वलीको मृत्यु भएको छ भने उनका ८१ वर्षीय श्रीमान भागीराम वली गम्भीर बिरामी छन्।
दुवै जनालाई २९ साउनमा थप उपचारका लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो।
भागीराम वलीको अवस्था गम्भीर रहेको र उनको सोही अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।

१ भदौ, काठमाडौं । रोल्पामा जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर बिरामी परेका छन् ।

मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका-२ राङसीकी ७४ वर्षीया नर्मला वली रहेकी छन् ।

२७ साउनमा जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा वली र उनका श्रीमान ८१ वर्षीय भागीराम वली बिरामी भएका थिए ।

स्थानीय मेडिकलमा उपचारपछि दुवै जनालाई २९ साउनमा थप उपचारका लागि दाङको राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएको थियो ।

उपचारको क्रममा वलीको मृत्यु भएको अस्पताललाई उदृत गर्दै रोल्पा प्रहरीले जनाएको छ ।

भागीराम वलीको अवस्था गम्भीर रहेको र उनको सोही अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.