चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई फिर्ता

भदौ १, २०८२
traffic police return chori motorbike by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई फिर्ता गरेको छ।
चोरी उजुरीका आधारमा खोजतलाश गर्दा केही सवारीमा नक्कली नम्बर प्लेट राखिएको पाइएको छ।
चोरीमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाइएको छ।

१ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१  वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका २२ स्कुटर र १९ वटा मोटसाइकल आइतबार सम्बन्धितलाई बुझाइएको जनाएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी धनीलाई फिर्ता गरे ।

चोरी भएको उजुरी निवेदनका आधारमा खोजतलाश गर्दै जाँदा केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको पाइएको कार्यालयको भनाइ छ ।

अहिलेका ४१ गरी गत साउन यता मात्रै चोरी भएका ५२ वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई बुझाइएको छ ।

चोरीमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४१७ वटा र ०८१/०८२ मा ५ सय ३ वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ ।

Leave a Reply

Your email address will not be published.