अर्धशतक प्रहार गरेका आशिफ शेख रनआउट -वाइरिबल

भदौ २, २०८२
aasif by Ditible

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको आफ्तो तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

डार्विनस्थित टिआइओ रङ्गशालामा एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफले ४८ बलमा अर्धशतक पूरा गरेका हुन् । तर उनी ५३ रनमा रनआउट भएका छन् । नेपालका लागि यो चौथो झट्का हो ।

हाल नेपालले १६ ओभरको खेल सकिँदा मात्रै १२१ रन जोडेको छ ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई जितको लागि एक सय ७६ रनको लक्ष्य दिएको थियो । मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७५ रनको योगफल बनायो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । त्यस्तै थोमस रोजर्सले ६५ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र शाहब आलमले समान एक एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published.