नेपालले होबर्ट हुरिकेन्सलाई दियो १८१ रनको लक्ष्य -वाइरिबल

भदौ ३, २०८२
1755587629 nepal 4 by Ditible

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सविरुद्ध चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

अस्ट्रेलियाको काजालिस एरिनामा रङ्गशालामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन जोडेको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन जोडे । उनले २६ बलमा ३ चौका प्रहार गरेका थिए ।

यसैगरी ओपनर आशिफ शेखले २८ बलमाा २९ रन तथा अर्का ओपनर कुशल भुर्तेलले २० बलमा २७ रन जोडे । भीम सार्कीले १८ बलमा १८ रन बनाउँदा लोकेश बम ११ बलमा २५ रन बनाउँदै नटआउट रहे ।

नेपाल यसअघि खेलेका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बङ्गलादेश ‘ए’सँग ३२ रन तथा मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो ।

होबर्ट हुरिकेन्स भने दोस्रो जितको खोजीमा छ । उसले यसअघि अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई सात विकेटले हराएको थियो भने मेलबर्न स्टार्स एकेडेमीसँग ६ विकेट तथा नर्दर्न टेरिटोरीसँग दुई विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published.