वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण पोखरामा हुने -वाइरिबल

भदौ ३, २०८२
PR Venue Creatives by Ditible

काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखराको बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने भएको छ।

आयोजक इन्फिनिटी ड्रिम्सले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर पोखराको बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुने जानकारी दिएको हो । पोखराको कर्भड हलमा इडब्लुभी आयोजनालाई राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति प्राप्त भइसकेको छ । यसको जानकारी नेपाल भलिबल संघलाई पनि गराइसकिएको छ ।

भलिबलप्रतिको उत्साह, सक्रिय खेलसंस्कृति र दर्शकको उच्च सहभागिताका कारण यो लिगका लागि पोखरालाई उपयुक्त स्थान मानेको बताइएको छ ।

‘यस पटकको आयोजना विकेन्द्रीकरण र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा गर्न लागिएको हो। यसले स्थानीय आर्थिक गतिविधि बढाउन, खेलाडीलाई अवसर दिन र समुदायलाई संलग्न गर्न मद्दत गर्ने विश्वास लिएका छौं’ विज्ञप्तिमा भनिएको छ ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । जसमा ५४ स्वदेशी र १८ विदेशी खेलाडीको सहभागिता रहनेछ । स्वदेशी खेलाडीका लागि यसअघि नै अक्सन सम्पन्न भइसकेको छ । सहभागी टोलीले विदेशी खेलाडी अनुबन्धको प्रक्रिया अघि बढाइसकेका छन् ।

इडब्लुभीको आधिकारिक मनोरञ्जन साझेदारका रूपमा टिकटक रहेको छ । प्रत्यक्ष प्रसारण हिमालय प्रिमियम टिभी एचडीमा हुनेछ ।

Leave a Reply

Your email address will not be published.