गीतकार नारायण खतिवडाको ‘तीज बरि लै’ गीत सार्वजनिक, संस्कृति संरक्षणमा जाेड -वाइरिबल

भदौ ३, २०८२
Ifgp7FvHODc HD by Ditible

काठमाडाैं । चर्चित गीतकार नारायण खतिवडाले नेपाली तीज पर्वको रौनकलाई थप उज्यालो बनाउने गरी नयाँ तीज गीत ‘बरि लै’ सार्वजनिक भएकाे छ ।

फरक प्रस्तुतीकरण समेटिएको यस गीतले परम्परागत र आधुनिक सङ्गीतको सुन्दर संयोजनका साथ तीजको उत्साह र उमङ्गलाई जीवन्त बनाएको छ। यो गीतको रचना नारायण खड्काले गरेका छन् भने सङ्गीत संयोजन र कम्पोज मनोज साङ्सनले गरेका छन्। गीतमा पुरुष स्वरमा मनोज साङ्सन र सुरेश राईले जीवन्तता थपेका छन् भने मुख्य महिला स्वरमा मैया खड्काले आफ्नो मधुर स्वरले सबैको मन जितेकी छन्।

गीतको रेकर्डिङ मनोज साङ्सन र सुरेश राईले गरेका छन् भने मिक्सिङ र मास्टरिङको जिम्मेवारी राजु कार्कीले सम्हालेका छन्।

तीज पर्वको परम्परागत भावनालाई समेट्दै नारीको सौन्दर्य, एकता र उत्साहलाई उजागर गरेको छ । गीतमा तीजको रमाइलो, नाचगान र प्रेमको भावनालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ। यो गीतले परम्परागत तीज गीतको शैलीलाई कायम राख्दै आधुनिक सङ्गीतको मिश्रणले नयाँ पुस्तालाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ। गीतमा “संस्कृती र सभ्यताको रक्षक बरि लै, अझै चेली हुनुहुन्छ सम्मान बरि लै” भन्ने गहिरो भाव रहेको छ ।

गीतकार खतिवडाले “संस्कृती र सभ्यताको रक्षक बरि लै, अझै चेली हुनुहुन्छ सम्मान बरि लै” भनी कला र सस्कृतिको जगर्ना गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ भने स्वतन्त्रताको नाममा स्वच्छन्दता बढ्दै गएको वास्तविक अवस्थालाई भने ब्यङ्गात्मक गीति शैली मार्फत भिडियोमा प्रस्तुत गरिएको छ।

Leave a Reply

Your email address will not be published.