सिजनकाे सुरुवातमै रियल म्याड्रिडकाे कठिन जित -वाइरिबल

भदौ ४, २०८२
real 1 by Ditible

काठमाडाैं । ला लिगाको नयाँ सिजनमा रियल म्याड्रिडले पहिलाे जित दर्ता गरेकाे छ । गएराति भएकाे खेलमा रियलले ओसासुनालाई १-० गोल अन्तरले पराजित गरेको हाे ।

रियलका लागि किलियन एम्बाप्पेले गरेको गोल नै निर्णायक बन्याे । खेलको ५१औं मिनेटमा प्राप्त पेनाल्टीलाई उनले गोलमा परिणत गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए। यो गोल नै खेलको एकमात्र गोल हुन पुग्यो।

खेलमा ओसासुनाका खेलाडी एबेल ब्रेटोनेसले ९०+४ मिनेटमा रातो कार्ड (रेड कार्ड) पाएका थिए। जसका कारण ओसासुना अन्तिम समयमा १० जना खेलाडीमा सीमित भएको थियो।

Leave a Reply

Your email address will not be published.