साफ महिला च्याम्पियनसिपमा नेपालकाे लज्जास्पद हार -वाइरिबल

भदौ ४, २०८२
nepal 5 by Ditible

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहाेरेकाे छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल भारतसँग ७-० गोलअन्तरले स्तब्ध पाएकाे हाे । पहिलो हाफमै ५ गोल गरेको भारतले दोस्रो हाफमा थप २ गोल मात्र गरेको थियो । खेल अवधिभर नेपाल कमजाेर देखियाे ।

नेपालले अब अर्को खेलमा शुक्रबार भुटानसँग खेल्नेछ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् । डबल राउण्ड रोबिन लिगमा खेलिने प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।

Leave a Reply

Your email address will not be published.