क्रिकेटर ललित राजवंशीले सरकारबाट घर नलिने -वाइरिबल

भदौ ५, २०८२
Lalit Rajbanshi 5 768x512 1 by Ditible

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी ललित राजवंशीले सरकारले प्रदान गर्ने घर लिन अस्वीकार गरेका छन्। सरकारले विपन्न वर्गलाई लक्षित गरी उनलाई घर बनाइदिने प्रस्ताव राखेको थियो, तर राजवंशीले आफूलाई उक्त सहयोगको आवश्यकता नभएको भन्दै अस्वीकार गरेका हुन् ।

उनले भनेका छन्, “सरकारले मलाई घर बनाइदिने कुरा गरेको थियो। तर मलाई लाग्छ, जसलाई यो साँच्चै जरुरी छ, उसले नै यो सुविधा पाउनुपर्छ। म अहिले आफ्नो परिवार राख्ने घर आफैं बनाउन सक्ने अवस्थामा छु। त्यसैले यो अवसर मलाई भन्दा बढी आवश्यकता भएकालाई दिनुपर्छ भन्ने मेरो मान्यता छ।”

क्रिकेटर राजवंशीकी आमको निधन पछि श्रद्धाञ्जली दिन पुगेका मधेश प्रदेशसभा सदस्य अमृत अर्यालले केही दिनअघि जनता आवास कार्यक्रमअन्तर्गत राजवंशीको घर बनाइदिने बताएका थिए ।

Leave a Reply

Your email address will not be published.