नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने -वाइरिबल

भदौ ६, २०८२
nepal pak by Ditible

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आज अन्तिम खेलमा नेपालले पाकिस्तान शाहीन्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो ।

यो खेल नेपालका लागि सिरिजमा सुखद अन्त्य गर्ने अवसरका साथै सेमिफाइनलको सम्भावना जीवित राख्ने महत्त्वपूर्ण मौका हो। हालसम्म खेलेका पाँच खेलमध्ये नेपालले सुरुवाती ३ खेलमा लगातार पराजय भोग्दा त्यसपछि कमब्याक गर्दै २ जित निकाल्न सफल भएको छ ।

नेपाल हाल अंक तालिकाको सातौं स्थानमा छ, र सेमिफाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नु अनिवार्य छ। प्रतियोगितामा ११ टोली सहभागी छन्, र शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। नेपालले आज पाकिस्तानलाई राम्रो अन्तरले हराएर अन्य नतिजाहरू आफू अनुकुल आएमा सेमिफाइनल प्रवेश गर्नेछ ।

तर, नेपालका लागि पाकिस्तान शाहीन्सविरुद्ध सहज भने छैन । सिरिजमा पाकिस्तान शाहीन्सले बलियो प्रदर्शन गर्दै आएको छ। टोलीमा पाकिस्तानको घरेलु क्रिकेट र अन्तर्राष्ट्रिय स्तरमा अनुभव प्राप्त खेलाडीहरू समावेश छन्।

आज पाकिस्तानको टोली नेपाललाई हराएर तालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा छ । अहिले दोस्रो स्थानमा रहेको उसले पाँच म्याच खेल्दासम्म तीनमा जित र दुई खेलमा मात्र हार बेहोरेको छ ।

Leave a Reply

Your email address will not be published.