काठमाडौं । नेपालले अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा पाकिस्तान शाहीन्सविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ ।
डार्बिनको मरारा क्रिकेट मैदानमा पाकिस्तान शाहिन्सका कप्तान इरफान खानले टस जित्दै नेपाललाई पहिलो बलिङको निम्तो दिएपछि मैदानमा उत्रिएको नेपालले पहिलो १० ओभरमा ५८ रन खर्चिएर ५ विकेट झारिसकेको छ ।
जारी सिरिजमा यसअघि नेपालले खेलका पाँच खेलमा तीनमा हार र दुईमा जित दर्ता गरेको छ । नेपाल यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो भने बङ्गलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । नेपाले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनको हराएको थियो ।
कुल ११ टोली सहभागी प्रतियोगितामा ६ लिग खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाल हाल पाँच खेलमा चार अंकका साथ सातौ स्थानमा छ । पाकिस्तान समान खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ ।













