ताप्लेजुङकी जुनु प्रसाईंलाई ‘मेरो भ्वाइस युनिभर्स’ जिताउन सांसद योगेश भट्टराईको अपिल -वाइरिबल

भदौ ६, २०८२
Clip0051.MXF .07 59 39 21.Still002 by Ditible

काठमाडौं । ताप्लेजुङकी गायिका जुनु प्रसाईंलाई ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को उपाधि दिलाउन प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले सबैलाई भोट गरी सहयोग गर्न आग्रह गरेका छन्।

एक कार्यक्रमबीच सांसद भट्टराईले जुनुकाे सबैलाई माेहित बनाउने स्वरकाे प्रशंसा गर्दै उनलाई उपाधि दिलाउनका लागि भोटिङमार्फत सहयोग गर्न ताप्लेजुङ, तेह्रथुम, पाँचथर, झापा लगायतका जिल्लाबासी, सम्पूर्ण प्रवासी नेपाली र संगीतप्रेमीहरुलाई आग्रह गरेका हुन् ।

जुनुकाे गायनमा नेपालीपन, मेहनत र प्रतिभाको मिठास रहेको उनले बताएका छन्।

विद्यालय जीवनदेखि नै स्थानीय गायन प्रतियोगिता र कार्यक्रममा सक्रिय जुनुले आफ्नो प्रतिभा र अनुभवले आज अन्तर्राष्ट्रिय मञ्चमा नेपाली संगीतको पहिचान बनाएकी छिन्। सांसद भट्टराईले उनको यो यात्राको प्रशंसा गर्दै भने, “जुनुको स्वर र मेहनतले नेपाली संगीतलाई विश्वमाझ पुर्‍याएको छ। उनलाई जिताउनु भनेको नेपाली प्रतिभालाई सम्मान गर्नु हो। सबै नेपालीले उनलाई भोट गरी जिताऔं ।”

ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी जुनुले तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी थिइन्। झापामा स्थायी बसोबास गर्दै आएकी जुनु रोजगारीको सिलसिलामा कतारमा छिन् । उनले कतारमै बसेर आफ्नो सांगीतिक सपनालाई अगाडि बढाउँदै ‘मेरो भ्वाइस युनिभर्स’ मा सहभागिता जनाएकी हुन्।

नेपाल टेलिभिजनमार्फत प्रसारित यो प्रतियोगिता इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले आयोजना गरेको हो। यस प्रतियोगितामा २३ देशका नेपाली मूलका प्रतिभाशाली गायक–गायिकाले सहभागिता जनाएका थिए। जुनु कतार अडिसनमार्फत छनोट भई अहिले फाइनलसम्म पुग्न सफल भएकी हुन्।

जुनुले पनि आफ्ना समर्थकहरूलाई भोटमार्फत साथ दिन अनुरोध गरेकी छिन्। “तपाईंहरूको माया र समर्थनले म यहाँसम्म आइपुगेकी छु। मेरो सपनालाई साकार बनाउन एक भोटले ठूलो अर्थ राख्छ,” उनले भनिन्।

Leave a Reply

Your email address will not be published.