काठमाडौं । नेपाल अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ । डार्बिनको मरारा क्रिकेट मैदानमा पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो । नेपालको बलिङ र ब्याटिङ निकै आक्रामक देखिएको खेलमा पराजित हुन पुगेको हो ।
त्यसअघि पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएकाे थियाे । पाकिस्तानका कप्तान इरफान खान ४२ रनमा नटआउट रहे भने अब्दुल समदले २५ बलमा २६ रनको योगदान दिए, जसमा १ चौका र १ छक्का समावेश थियो । मोहम्मद वसिमले २४ रन बनाउँदा सोमपाल कामीको बलमा कट एण्ड बोल्ड भए । ओपनर यासिर खानले १८ रन जोड्दा, मेहरन मुमताजले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर पुर्याउन सकेनन् ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए भने नन्दन यादव तथा दिपेन्द्र सिंह ऐरिले समान २ विकेट हात पारे । कुशल भुर्तेलले १ विकेट लिए ।













