साउदी सुपर लिगको फाइनलमा आज अल नासर र अल अहली साउदी भिड्दै -वाइरिबल

भदौ ७, २०८२
nassr ahli by Ditible

काठमाडौं । साउदी सुपर लिगको फाइनलमा आज अल नासर र अल अहली साउदी भिड्दैछन् । खेल नेपाली समयअनुसार पौने ६ बजे हङकङस्थित हङकङ रंगशालामा सुरु हुनेछ ।

सन् २०२३ मा साउदी क्लब अल नासरमा आवद्ध भएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले हालसम्म टोलीका लागि कुनै पनि आधिकारिक ट्रफी जित्न सकेका छैनन् । यसअघि रोनाल्डोले सन् २०२३ मै अल नासरका लागि पहिलो अरब कप जितेका थिए । तर उक्त प्रतियोगिता फिफाद्धारा सञ्चालित नभएकाले आधिकारिक ट्रफीका रुपमा मान्यता दिइएन ।

सोही कारण आजको खेल विशेष हुनेछ । अल नासरले साउदी सुपर कपको सेमिफाइनलमा करिम बेन्जेमाको अल इत्तिहादलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा अल नासरले खेलको अधिकांश समय १० खेलाडीमा सीमित रहेर खेलेको थियो। खेलको १५ औं मिनेटमा सेनेगाली स्टार साडियो मानेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, त्यसको १० मिनेटपछि नै उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। यद्यपि, १० जना खेलाडीमा सीमित भए पनि अल नासरको प्रदर्शन उत्कृष्ट रह्यो। रोनाल्डोले गरेको असिस्टमा जोआओ फेलिक्सले विजयी गोल गरेका थिए । आजको फाइनलमा साडियो मानेको अनुपस्थितिमा पनि रोनाल्डोको टोलीले अल अहलीको सामना गर्नुपर्नेछ ।

अल नासर र अल अहली साउदी फुटबलका दुई शक्तिशाली टोली हुन्, यी दुई क्लबले एकअर्कासँग कडा प्रतिस्पर्धा गर्दै आएका छन् । हेड टु हेडकै कुरा गर्ने हो भने पनि पछिल्लो १८ भेटमा अल नासरले ११ खेलमा जित निकाल्दा अल अलहीले २ खेलमा मात्र जित हात पार्न सफल भएको छ भने ५ खेल बराबरीमा टुङ्गिएका छन् ।

यता अल अहलीले रक्षात्मक खेलमा बलियो प्रदर्शन गर्दै आएको छ । जापानीज क्लब कावासाकीलाई हराउँदै अलअहली साउदीले एएफसी च्याम्पियन्स लिगको उपाधि जितेको थियो । साथै बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा अल अहलीले अल क्वादीसिययाहलाई ५-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । अल अहलीका लागि युरोपमा तहल्का पिटिसकेका रोबर्टो फिर्मिनो, रियाज महारेज, फ्रयांक केस्सी जस्ता घातक खेलाडीले जुनसुकै बेला पनि गोल गर्ने क्षमता राख्छन् ।

Leave a Reply

Your email address will not be published.