काठमाडाैं । प्रिमियर लिगको महत्त्वपूर्ण खेलमा टोटेनहम हट्सपरले म्यानचेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै टोटेनहमले लिगमा उत्कृष्ट सुरुवात गरेको छ ।
म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा भएको यस खेलमा टोटेनहमका लागि ब्रेन्नन जोन्सनले ३५ औं मिनेटमा पहिलो गोल गरे । यो गोल सुरुमा अफसाइड दिइएको थियो तर भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा त्यसलाई मान्यता दिइयो ।
त्यसपछि, खेलको पहिलो हाफको इन्जुरी समयमा म्यानचेस्टर सिटीका गोलकिपर जेम्स ट्राफोर्डको गल्तीको फाइदा उठाउँदै जोआओ पाल्हिन्हाले टोटेनहमको अग्रता दोब्बर बनाए । गोलकिपरले पास दिन खोज्दा पाल्हिन्हाले बल खोसेर सहजै गोल गर्न सफल भएका थिए ।
दोस्रो हाफमा सिटीले खेलमा फर्कन धेरै प्रयास गरे पनि टोटेनहमको बलियो रक्षापंक्तिको उत्कृष्ट प्रदर्शनले उनीहरूलाई गोल गर्नबाट रोक्यो ।













