अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई दियो ४३२ रनको चुनौती, तीन ब्याट्सम्यानको शतक -वाइरिबल

भदौ ८, २०८२
aus by Ditible

सिड्नी । अस्ट्रेलियाले अफ्रिकाविरूद्धकाे एकदिवसीय शृङ्खलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा विशाल स्कोर खडा गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा मात्र २ विकेट गुमाएर ४३१ रन बनाएको हाे । अस्ट्रेलियाको यस ऐतिहासिक इनिङ्समा तीन ब्याट्सम्यानले उत्कृष्ट शतकीय प्रदर्शन गरे।

ओपनर ट्राभिस हेडले १०३ बलमा १४२ रनको सानदार पारी खेले जसमा १७ चौका र ५ छक्का सामेल थिए । त्यसैगरी कप्तान मिचेल मार्शले १०६ बलमा १०० रन बनाउँदै शतक प्रहार गरे। यद्यपि, आजको खेलका सबैभन्दा आक्रामक ब्याट्सम्यान क्यामरून ग्रीन रहे । उनले मात्र ५५ बलमा ११८ रनको विष्फोटक पारी खेले, जसमा ८ चौका र ८ छक्का समावेश थिए। उनको स्ट्राइक रेट २१४.५५ रहेको थियो।

अन्तिम ओभरहरूमा एलेक्स क्यारीले पनि ३७ बलमा ५० रनको अर्धशतकीय पारी खेल्दै टिमको स्कोरलाई ४०० पार गराउन महत्वपूर्ण योगदान दिए।

दक्षिण अफ्रिकाका बलरहरू महँगा साबित भए। अस्ट्रेलियाले खेलको अन्त्यसम्ममा औसत ८.६२ रन प्रतिओभरका दरले रन बनाएको थियो।

दक्षिण अफ्रिकाले यो शृङ्खला २-० ले आफ्नो पक्षमा पार गरिसकेको छ, तर यो विशाल लक्ष्य पछ्याउनु उनीहरूका लागि ठूलो चुनौती हुनेछ।

Leave a Reply

Your email address will not be published.