सर्वियाकी केकमान पाेखरा निन्जाजमा अनुबन्धित -वाइरिबल

भदौ ८, २०८२
14A9099 by Ditible

काठमाडाैं । वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि पाेखरा निन्जाजले सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटरलाई अनुबन्धन गरेको छ।

पाेखराले केकमानलाई पहिलाे विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो।

केकमानले यसअघि टर्की, फ्रान्स (लिग र कप), ग्रीस, पोल्याण्ड, जर्मन बुन्डेसलिगा, रोमानिया लगायतका शीर्ष लिगमा खेलिसकेकी छन्। साथै, उनी सर्वियाको यू–२० र यू–२१ राष्ट्रिय टिमबाट समेत खेलिसकेकी पूर्व खेलाडी हुन्।

उनलाई पाेखरा नेन्जाज टिममा अनुबन्ध गर्न पाउँदा टिम धेरै खुशी रहेको र उनले सिजनभर नै हरेक खेल नियन्त्रण गरेर खेल्ने र टिमलाई जिताउन सक्नेमा मा टोली विश्वसत छ।

एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुन पाउँदा केकमानले आफु निकै हर्षित भएको बताएकी छन्। पाेखरा निन्जाजलाई एभरेष्ट महिला भलिबल लिगको उपाधि जिताउन अर्थपूर्ण योगदान पुऱ्याउने उनकाे लक्ष्य रहेको छ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदी २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५-१३) पोखरामा हुनेछ ।

Leave a Reply

Your email address will not be published.