ब्रुनाे पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड बराबरीमै राेकियाे -वाइरिबल

भदौ ९, २०८२
538099566 18541640383007078 676719614202187016 n by Ditible

काठमाडाैं । इङ्ग्लिस प्रिमियर लिगमा फुलह्याम र म्यानचेस्टर युनाइटेडले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन्।

लन्डनको क्रभेन कटेजमा भएको खेलमा फुलह्यामले आक्रामक सुरुवात गरेपनि गोल गर्न सकेन। युनाइटेड पनि गोलका अवसरहरू सिर्जना गर्न संघर्ष गरिरहेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकियो।

३८औं मिनेटमा ब्रुनाे फर्नाण्डेज पेनाल्टीमा चुकेका थिए ।

खेलको दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास बढाए। खेलको ५८औं मिनेटमा फुलह्यामका स्ट्राइकर रोड्रिगो मुनिजले दुर्भाग्यपूर्ण आत्मघाती गोल गर्न पुगे।

तर, फुलह्यामले हार मानेन। खेलको ७३औं मिनेटमा एमिल स्मिथ रोवले शानदार गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। यो बराबरीपछि दुवै टोलीको अंक तालिकामा एक-एक अंक थपिएको छ।

Leave a Reply

Your email address will not be published.