एसीटीविरुद्धकाे दोस्रो खेलमा पनि नेपाल हाबी -वाइरिबल

भदौ १०, २०८२
nepal 7 by Ditible

काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई दोस्रो खेलमा पनि ६ विकेटले पराजित गरेको छ ।

एसीटीले दिएको ९७ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३१ बलमा ४२ रनको इनिङ्स खेले । आरिफ शेख ११ रनमा नटआउट रहँदै टोलीलाई जीतसम्म डोर्‍याए ।

यसअघि पहिले ब्याटिङ गरेको एसीटी ९६ रनमा अलआउट भएको थियो । टोलीलाई सस्तैमा समेट्न दीपेन्द्र सिंह ऐरी र साहब आलमले समान ४ विकेट लिए ।

यसअघि आजै भएको पहिलो खेल नेपालले ४१ रनले जितेको थियो ।

Leave a Reply

Your email address will not be published.