जानकी केसी ट्यालेन्ट हन्टबाट छनोट -वाइरिबल

भदौ १०, २०८२
janaki kc by Ditible

काठमाडाैं । लुम्बिनी लाभाजले ट्यालेन्ट हन्ट कार्यक्रमबाट जानकी केसीलाई एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल) प्रतियोगिताका लागि छनोट गरेको छ।

फ्रेन्चाईज टिम लुम्बिनी लाभाजले आगामी सिजनको प्रतियोगिताका लागि ट्यालेन्ट हन्ट कार्यक्रमबाट केसीलाई छनोट गरेको हो ।

टिमका मुख्य प्रशिक्षक भरत यादव, कप्तान अरुणा शाही, एभरेष्ट भलिबल क्लबका प्रशिक्षक अर्जुन घिमिरे सहितको प्राविधिक टिमले केसीलाई छनोट गर्ने निर्णय गरेको हो ।

फ्रेन्चाईज प्रतियोगिताका लागि अन्तिम चरणमा १२ खेलाडी सहभागी थिए। लुम्बिनी लाभाजले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर केसीको नाम घोषणा गरेको हो। केसीलाई लुम्बिनी लाभाजकी म्यानेजर स्तुती निरौलाले सम्झौता पत्र प्रदान गरेकी छिन् । म्यानेजर निरौलाले स्थानीय खेलाडीको छनोटले टिमको प्रर्दशन र हौसला बढाउन सहयोग पुग्ने बताईन् ।

लुम्बिनी लाभाजले अक्सनमार्फत राष्ट्रिय महिला भलिवल टोलीकी कप्तान अरुण शाहीसहित कमला विष्ट, अलिसा मानन्धर, सान्तीकला तामाङ, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई अनुबन्धन गरेको छ।

विदेशी खेलाडीको रुपमा रसियन खेलाडी भेरोनिका जुवरेभलाई क्लबले सार्वजनीक गरिसकेको छ। दोस्रो संस्करणको महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुँदैछ।

Leave a Reply

Your email address will not be published.