अन्तिम बलमा नेपाल साउथ अस्ट्रेलियासँग पराजित -वाइरिबल

भदौ १२, २०८२
nepal vs by Ditible

काठमाडौं । नेपाली क्रिकेट टोली साउथ अस्ट्रेलियासँग पराजित भएको छ । आज पहिलो खेलमा नेपाल ३ विकेटले स्तब्ध भएको हो ।

नेपालले जितका लागि दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अन्तिम बलमा साउथ अस्ट्रेलियालाई ४ रन चाहिएको थियो । कप्तान रोहितकुमार पौडेलको बलमा ब्राउनले चौका प्रहार गरिदिए ।

साउथ अस्ट्रेलियाको टोली अस्ट्रेलियन शेफिल्ड शिल्डको च्याम्पियन टोली हो । यस टोलीमा ट्राभिस हेड, एलेक्स क्यारी, स्पेन्सर जोनसोनजस्ता अस्ट्रेलियाका राष्ट्रिय खेलाडीहरू खेल्ने भएपनि आजको खेलमा भने उपलब्ध थिएनन् ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन जोडेको थियो । नेपालका लागि भीम सार्कीले ३२ बलमा सर्वाधिक ३२ रन जोडे । यसैगरी दीपेन्द्रसिंह ऐरी १९ बलमा २६ रन तथा आरिफ शेखले १३ बलमा २२ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published.