काठमाडौं । ‘राई इज किङ’ले परिचित नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक राजेशपायल राईले चलचित्र ‘यो मन’को शीर्ष गीतमा स्वर दिएका छन् ।
अनामनगरस्थित सायरेम स्टुडियोमा रेकर्डिङ गरिएको ‘यो आँखाको तिमी नानी’ बोलको गीतमा राजेशपायलसँगै मोनिका राईले पनि स्वर दिएकी छन् । मोनिका सिक्किमकी गायिका हुन् ।
सायरेम स्टुडियो गायक राजेशपायलको नै हो । पछिल्लो समय अधिकांश नेपाली फिल्मका गीतहरु सायरेम स्टुडियोमा रेकर्डिङ हुँदै आएको छ । गीतकार सिर्जनाको कार्कीको शब्द रचना रहेको ‘यो आँखाको तिमी नानी’ रेकर्डिङपछि गायक राजेशपायलले भने, ‘गीत एकदमै राम्रो बनेको छ । अवश्य पनि दर्शक तथा श्रोताले यो गीतलाई रुचाइदिनेछन् भन्ने आशा, विश्वास र अपेक्षा छ ।’
सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’बाट चर्चामा आएकी मोनिकाका लागि फिल्म ‘यो मन’ अर्को टर्निङ प्वाइट बन्न सक्ने विश्वास गरिएको छ । किनकी उनको साथमा नेपाली सांगीतिक क्षेत्रका हस्ती राजेशपायल छन् ।
देउराली फिल्म प्रोडक्शन, सिक्किमको प्रस्तुती रहेको फिल्म ‘यो मन’को निर्देशन नन्दु कोइरालाले गरिरहेका छन् ।













