सिजनको सुरुवात नै झुर गरेपछि प्रशिक्षक टेन हाग बर्खास्त -वाइरिबल

भदौ १६, २०८२
Erik ten Hag 1 by Ditible

काठमाडाैं । जर्मन क्लब बायर लेभरकुसेनले मुख्य प्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेको छ । बुन्डेसलिगामा दुई खेल खेलेपछि नै उनलाई बर्खास्त गरिएको हो।

शनिबार वेर्डर ब्रेमेन विरुद्धको खेलमा १० खेलाडीमा सीमित टोलीसँग ३-१ को अग्रता गुमाएर ३-३ को बराबरीमा रोकिएपछि क्लबले यो निर्णय लिएको हो।

वेर्डर ब्रेमेन विरुद्धको बराबरीपछि टेन हागले खेलाडीहरूको आलोचना गर्दै उनीहरूले जिम्मेवारी लिनुपर्ने बताएका थिए। उनले भनेका थिए, “खेलाडीहरू तयार छैनन्। हाम्रो नयाँ टोली छ र केही खेलाडीहरू खेल्नका लागि पर्याप्त फिट छैनन्। खेलको अन्तिम चरणमा टोलीले बिल्कुलै काम गरेन।”

साबिक च्याम्पियन बायर लेभरकुसेनले मे महिनामा जाबी आलोन्सोको स्थानमा टेन हागलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। दुई वर्षका लागि गरिएको यो सम्झौतामा उनको वार्षिक तलब ५.५ मिलियन युरो थियो।

उनको नेतृत्वमा क्लबले डीएफबी-पोकलको पहिलो खेलमा चौथो डिभिजनको टोली सोनेनहफ ग्रोसास्पाचलाई हराए पनि बुन्डेसलिगाका सुरुवाती दुई खेलमा कुनै जित निकाल्न सकेन। यही कारणले गर्दा, क्लबले सोमबार एक विज्ञप्ति जारी गर्दै तत्कालै उनलाई पदबाट हटाएको जानकारी दिएकाे हाे ।

Leave a Reply

Your email address will not be published.