वात्सल्य एभरेष्ट महिला भलिबल लिगअघि टिम राजेश र टिम धनराज भिड्ने -वाइरिबल

भदौ १६, २०८२
mayor rajesh dai by Ditible

काठमाडाैं । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण सुरु हुनुअघि पोखराको लेकसाइड हलन्चोकमा भदौ १९ मा दिनको टिम राजेश र टिम धनराज बीच प्रदर्शनी भलिबल खेल आयोजना हुने भएको छ।

यो खेलमा नेपालका चर्चित अभिनेता राजेश हमाल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले टिमको नेतृत्व गर्नेछन्। खेलमा चर्चित कलाकार, विदेशी खेलाडी र फ्रेन्चाइज टिमका प्रमुख खेलाडीहरू सहभागी हुनेछन्।

प्रत्येक टिममा १२ खेलाडी रहनेछन्। जसमा टिमका टिम एम्बासेडर, प्रमुख खेलाडी, विदेशी खेलाडी, पोखरा आधारित स्थानीय इन्फ्लुएन्सरहरू,र पोखरामा भलिबलसँग सम्बन्धित व्यक्तिहरू समावेश हुनेछन्। यो प्रदर्शनी खेलले मनोरञ्जन, प्रतिस्पर्धा र स्टार पावर को मिश्रण प्रस्तुत गर्दै दर्शकलाई लिगको उत्साह र प्रतिभाको पूर्वावलोकन दिनेछ।

कलाकार सहभागीहरू मा आना शर्मा, सनीषा भट्टराई, र आदिती बुढाथोकी रहेका छन् भने प्रमुख खेलाडीहरूमा अरुणा शाही, प्रगति पुन, सलीना श्रेष्ठ, निरुता ठगुन्ना, सुमित्रा रेग्मी र उषा भण्डारी, साथै आफ्ना टिमका विदेशी खेलाडीहरू पनि सहभागी हुनेछन्। पोखरा आधारित साना इन्फ्लुएन्सरहरू ले पनि प्रदर्शनी खेललाई थप रोचक र सहभागितापूर्ण बनाउनेछन्।

लिग भदौ २०–२८, २०८२ मा पोखराको बहुउद्देशीय कभर्ड हल मा आयोजना हुने छ। लिगम ६ प्रतिस्पर्धी टिमहरू र ९ देशका १८ विदेशी खेलाडीहरू सहभागि हुनेछन्।

Leave a Reply

Your email address will not be published.