नेपाली फिल्म उद्योगमा भोजपुरी सिस्टम भित्रियाे, ‘खेताला संस्कृति’ बढे -दिपकराज गिरी -वाइरिबल

भदौ १९, २०८२
dipakraj giri by Ditible

काठमाडौं । लाेकप्रिय अभिनेता तथा निर्देशक दिपकराज गिरीले नेपाली चलचित्र उद्योगमा मौलाएको ‘खेताला संस्कृति’ र यसले निम्त्याएको मानसिक पीडाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उनले हालै सामाजिक सञ्जालमा एक लामो लेख सार्वजनिक गर्दै पछिल्लो समय फिल्म क्षेत्रलाई ‘चुनाव’ जस्तो बनाइएको आरोप लगाएका छन्।

गिरीका अनुसार, पछिल्लो एक वर्षयता फिल्म क्षेत्रमा एक-अर्कालाई हराउने, जिताउने, गाली गर्ने र धम्क्याउनेजस्ता नकारात्मक प्रवृत्ति बढेको छ। उनले फिल्ममा एक्सन गर्नेहरूले वास्तविक जीवनमा पनि त्यसैगरी व्यवहार गर्न थालेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

अर्का निर्देशक सन्ताेष सेनलाई लक्षित गर्दै गिरीले भनेका छन्, “हामीले भोजपुरी सिस्टम भित्र्यायौँ, चुनाव जस्तो बनायौँ, हराऔँ, जिताऔँ, ठोकौँ, सिध्याऔँ, मारौँ, काटौँ। फिल्ममा एक्सन गर्नेले रियलमै एक्सन प्रदर्शन गर्न थाले।”

गिरीले आफ्नो लेखमा व्यक्तिगत रूपमा भोगेको पीडा र मानसिक तनावको अनुभव पनि बाँडेका छन्। गत वर्षदेखि उनी र उनको परिवारलाई निरन्तर गालीगलौज र बहिष्कारको धम्की आएको उनले बताएका छन्। यसले उनको परिवारलाई समेत असर गरेको उनको भनाइ छ।

“दिनभरि फिल्मको काम गरेर आयो, राति सामाजिक सञ्जाल हेर्यो, अनेकौँ गाली, गलौज, बहिष्कारको धम्की आउन थाल्यो,” उनले लेखेका छन्, “मेरो तनावयुक्त अनुहार देखेर मेरा बच्चाहरूले मलाई ‘ड्याडी, यो फिल्म क्षेत्र अब छोडिदिनुस्’ समेत भने।” उनले आफ्ना छोराछोरीले आफूहरूलाई पनि धम्की आउने र सपोर्ट गर्ने मानिसहरूलाई समेत फोन गरेर दुःख दिइएको गुनासो गरेको बताएका छन्। यस्तो अवस्थामा साइबर कार्यालय जान खोज्दा कानुन फितलो भएकाले आफू निरीह बनेको गिरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published.