काठमाडाैं । दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाले फिफा विश्वकप २०२६ का लागि स्थान सुरक्षित गरेको छ । बिहीबार राति भएको छनोट खेलमा बोलिभियालाई ३-० गोलले पराजित गर्दै कोलम्बियाले आगामी विश्वकपमा आफ्नो सहभागिता निश्चित गरेको हो।
खेलमा कोलम्बियाका लागि जेम्स रोड्रिग्वेजले ३१औं मिनेटमा गरेका थिए भने जोन कोर्डोबाले ७४औं मिनेटमा र जुआन फर्नान्डो क्विन्टेरोले ८३औं मिनेटमा गोल गरेका थिए।
यस जितसँगै कोलम्बियाले कतारमा भएको २०२२ को विश्वकपमा छनोट हुन नसकेको पीडालाई भुलाउँदै विश्व फुटबलको महाकुम्भमा फर्किएको छ । यो कोलम्बियाको सातौँ विश्वकप सहभागिता हुनेछ । यसअघि उनीहरूले सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेका थिए, जुन उनीहरूको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो।
कोलम्बियासँगै उरुग्वे र पाराग्वेले पनि छनोटमा सफलता हासिल गरेका छन्। दक्षिण अमेरिकाबाट यसअघि नै अर्जेन्टिना, ब्राजिल र इक्वेडरले विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेका छन्।
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकप २०२६ मा ४८ राष्ट्रहरूले प्रतिस्पर्धा गर्नेछन्।













