काठमाडौं । नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलको १० औँ मिनेटमा बङ्गलादेशले गरेको गोल अफसाइड भएको थियो । त्यस्तै, ३०औँ मिनेटमा नेपालका लागि मणि कुमार लामाले हानेको फ्री किकमा अनन्त तामाङको हेडको प्रयास सफल भएन।
दोस्रो हाफमा पनि दुवै टोलीले प्रयास गरे तर गोल गर्न भने सकेनन् । नेपालले अब मंगलबार बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल्ने छ।