एन्डोरामाथि इंग्ल्यान्डकाे जित -वाइरिबल

भदौ २२, २०८२
enfland by Ditible

काठमाडाैं । फिफा विश्वकप २०२६ को छनोट खेलमा इंग्ल्यान्डले एन्डोरालाई २-० गोल अन्तरले पराजित गरेको छ। गएराती भएको यो खेलमा इंग्ल्यान्डका लागि डेक्लान राइसले एक गोल गरे भने एन्डोराका क्रिस्टियन गार्सिया गोन्जालेजले आत्मघाती गोल गरेका थिए।

खेलको २५औं मिनेटमा एन्डोराका डिफेन्डर क्रिस्टियन गार्सिया गोन्जालेजले आत्मघाती गोल गरेपछि इंग्ल्यान्डले १-० को अग्रता लिएको थियो। पहिलो हाफमा इंग्ल्यान्डले केही अवसरहरू सिर्जना गरे पनि थप गोल गर्न सकेन।

दोस्रो हाफको ८७ औं मिनेटमा मिडफिल्डर राइसले उत्कृष्ट गोल गर्दै इंग्ल्यान्डको अग्रता २-० मा पुर्‍याए । यो गोलसँगै इंग्ल्यान्डले जित सुनिश्चित गरेको थियो।

यो जितसँगै इंग्ल्यान्डले विश्वकप छनोटको समूह ‘के’ मा महत्त्वपूर्ण तीन अंक जोडेको छ।

Leave a Reply

Your email address will not be published.