रियल म्याड्रिडले सोसिडाडलाई हरायो -वाइरिबल

भदौ २९, २०८२
real by Ditible

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत हिजो भएको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।

खेलको सुरुदेखि नै दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरेका थिए। रियल म्याड्रिडका लागि पहिलो गोल खेलको १२औं मिनेटमा केलियन एमबाप्पेले गरे। त्यसपछि, ३२औं मिनेटमा डिन हुइजसेन राताे कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटियाे । अर्दा गुलेरले ४४ औं मिनेटमा अर्काे गोल गरे ।

त्यसपछि खेलको ५६औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मिकेल ओयार्जाबलले रियल सोसिडाडका लागि एक मात्र गोल फर्काए । त्यसपछि दुवै टोलीले गोलका लागि केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन र रियल म्याड्रिड २-१ ले विजयी भयो।

Leave a Reply

Your email address will not be published.