काठमाडौं । युईएफए च्याम्पियन्स लिगको पहिलो खेलमा इटालियन क्लब युभेन्टस र जर्मन क्लब डर्टमन्डबीचको खेल ४-४ को बराबरीमा टुङ्गिएको छ ।
खेलको दोस्रो हाफमा गोलको वर्षा भएको थियो। डर्टमन्डका लागि करिम अडेयेमीले ५२औं मिनेटमा, फेलिक्स नेमेचाले ६५औं मिनेटमा, यान काउटोले ७४औं मिनेटमा र रामी बेन्सेबैनीले ८६औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।
युभेन्टसले भने खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्यो। केनान यिल्डिजले ८३औं मिनेटमा गोल गर्दै युभेन्टसलाई खेलमा फर्काएका थिए। त्यसपछि डुसान भ्लाहोभिचले ८७औं मिनेट र इन्जुरी समयको चौथो मिनेटमा गरी दुई गोल गरे। युभेन्टसका लागि निर्णायक र बराबरी गोल भने लोयड केलीले इन्जुरी समयको छैटौं मिनेटमा गरेका थिए।
यो नतिजासँगै दुवै टोलीले च्याम्पियन्स लिगको नयाँ सिजनमा १-१ अंक बाँडेका छन्।













