अफगानिस्तानमाथि बंगलादेशको रोमाञ्चक जित, सुपर फोरको आशा जीवितै -वाइरिबल

अशोज १, २०८२
bng 1 by Ditible

काठमाडौं । युएईमा जारी एसिया कपको समूह ‘बी’ अन्तर्गतको महत्वपूर्ण खेलमा बंगलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गर्दै सुपर फोरमा पुग्ने आफ्नो सम्भावना कायमै राखेको छ। यो ‘गर या मर’ को अवस्थामा रहेको खेलमा बंगलादेशले अन्तिमसम्म संघर्ष गरेर जित निकालेको हो।

शेख जायद स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५४ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। बंगलादेशका लागि ओपनर तान्जिद हसन तमिमले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले। उनलाई सैफ हसनले ३० रनको योगदान दिए।

१५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानको सुरुवात राम्रो हुन सकेन। बंगलादेशी बलरहरूको कसिलो बलिङका कारण अफगानी ब्याट्सम्यानहरूले खुलेर खेल्न सकेनन्। अफगानिस्तानका लागि रहमानुल्लाह गुर्बाजले ३५ र अजमतुल्लाह ओमरजईले ३० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

बंगलादेशका बलरहरुको उत्कृष्ट प्रदर्शन नै जितको मुख्य आधार बन्यो। नसुम अहमदले किफायती बलिङ गर्दै ११ रन खर्चेर २ विकेट लिए। मुस्ताफिजुर रहमानले पनि महत्वपूर्ण ३ विकेट लिए।

अब सुपर फोरमा पुग्नका लागि अफगानिस्तानलाई आफ्नो अन्तिम खेलमा श्रीलंकालाई हराउनुपर्नेछ । यदि श्रीलंकाले जित्यो भने बंगलादेश सुपर फोरमा प्रवेश गर्नेछ।

Leave a Reply

Your email address will not be published.