नेपालसँग सिरिज खेल्ने वेस्ट इन्डिजकाे टोली घोषणा, काे-काे समेटिए ? -वाइरिबल

अशोज २, २०८२
windies by Ditible

काठमाडौं । वेष्ट इण्डिजले नेपालसँग दुई सातापछि ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि टोलीको घोषणा गरेको छ। ‘युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिज’ नाम दिइएको यो शृंखला सेप्टेम्बर २७, २९ र ३० (असोज ११, १३ र १४) मा संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट मैदानमा हुनेछ।

अकिल हुसेनकाे कप्तानीमा घोषणा भएकाे टोलीमा दोस्रो रोजाईका खेलाडीलाई मौका दिइएकाे छ । अकिलसँगै ओपनर कायल मेयर्स, अनुभवी अलराउण्डर जेसन होल्डर र ओबेम म्याककोय टोलीमा समेटिएका छन् ।

वेष्ट इण्डिजको टोली-

अकिल हुसेन(कप्तान), फबिएन एलेन, जवेल एन्ड्रयु, एकिम, अगष्ट,नविन बिडाइसे, जेडिया ब्लेड्स, केसी कार्टी,करिमा गोर, जेसन होल्डर, अमिर जांगो, कायल मेयर्स, ओबेद म्याककोय, जिशान मोतरा, रामोन सिमन्ड्स र शमार स्प्रिंगर ।

नेपालले पनि कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा टोली घोषणा गरिसकेको छ ।
टोलीमा अनुभवी र युवा खेलाडीहरूको मिश्रण रहेको छ। टोलीको उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिइएको छ । यस टोलीमा लामो समयपछि अलराउन्डर आदिल आलम र ब्याटर सन्दीप जोराको पुनरागमन भएको छ।

नेपालले पहिलो पटक कुनै आईसीसीको टेस्ट टोलीसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेकाले यसलाई नेपाली क्रिकेटको इतिहासमा एक महत्त्वपूर्ण कदम मानिएको छ। यो शृंखलालाई नेपालले आगामी ओमानमा हुने आईसीसी टी-२० विश्वकप छनोटको तयारीको रूपमा लिएको छ।

Leave a Reply

Your email address will not be published.