काठमाडाैं । नेपाली क्रिकेट टोलीले अन्ततः संयुक्त अरब इमिरेट्स (युएई) को भिसा प्राप्त गरेको छ ।
नेपालमा हालै भएको ‘जेन–जी आन्दोलन’ र त्यसक्रममा हजारौं कैदीहरू जेलबाट भागेपछि युएईले नेपाली नागरिकहरूलाई भिसा जारी गर्न रोक लगाएको थियो । जसकाे मारमा नेपाली क्रिकेटर पनि परेका थिए । शुक्रबार नै नेपाली टाेली उड्ने तयारी भएपनि राेकिएकाे थियाे । तर आईसिसीकाे पहलमा आज भिसा प्राप्त भएकाे हाे ।
२ पटकको विश्वविजेता वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक शृंखलाका लागि अब नेपाली टाेली भाेलि युएई उड्ने बताइएकाे छ ।
यस शृंखलालाई ‘युनिटी कप’ नामाकरण गरिएको छ जसमा नेपालले वेस्ट इन्डिजविरुद्ध तीन टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । ३ वटै खेलहरू शारजाह क्रिकेट स्टेडियममा नै हुनेछन् । नेपालले आफ्नो पहिलो खेल असोज ११ गते दिउँसो पौने ४ बजे खेल्नेछ भने दोस्रो खेल असोज १३ गते फुलपातीको दिन खेल्नेछ । यस्तै नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेल असोज १४ गते अहाअष्टमीको दिन खेल्दै तीन खेलको सिरिज टुङ्ग्याउने छ । यो शृंखला नेपालका लागि ऐतिहासिक छ, किनकि वेस्ट इन्डिज जस्तो शक्तिशाली टोलीसँगको यो नै पहिलो द्विपक्षीय टी–२० शृंखला हो ।
नेपालविरुद्धको सिरिजका लागि वेस्ट इन्डिजले आफ्नो १५ सदस्यीय टोली घोषणा गरिसकेको छ, जसमा निकै अनुभवी र प्रभावशाली खेलाडीहरू समावेश छन् । नेपालले पनि आफ्नो टोलीलाई तयार पारेको छ, र यो शृंखलाले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चम्किने अवसर दिनेछ ।













