बार्सिलोनाको शानदार जित, टोरेसले गरे दुई गोल -वाइरिबल

अशोज ६, २०८२
tores by Ditible

काठमाडाैं । स्पेनिस ला लिगामा बार्सिलोनाले गेटाफेलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

क्याटलान क्लब बार्सिलोनाका लागि फरवार्ड फेरान टोरेसले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे। उनले खेलको १५औं र ३४औं मिनेटमा गोल गर्दै टोलीलाई पहिलो हाफमै बलियो अग्रता दिलाएका थिए।

दोस्रो हाफमा पनि बार्सिलोनाले आफ्नो दबाब कायमै राख्यो। खेलको ६२औं मिनेटमा डानी ओल्मोले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।

Leave a Reply

Your email address will not be published.