म्यानचेस्टर युनाइटेडमाथि ब्रेन्टफोर्डको सानदार जित -वाइरिबल

अशोज ११, २०८२
brent by Ditible

काठमाडाैं । इंग्लिस प्रिमियर लिगअन्तर्गत रोमाञ्चक भिडन्तमा ब्रेन्टफोर्डले म्यानचेस्टर युनाइटेडलाई ३-१ गाेलअन्तरले पराजित गरेको छ ।

ब्रेन्टफोर्डको सानदार जितमा मुख्य भूमिका फरवार्ड इगोर थियागोले निर्वाह गरे, जसले खेलको सुरुवातमै दुई गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाएका थिए।

खेलको ८ औं र २० औं मिनेटमा द्रुत गतिमा गोल गर्दै थियागोले ब्रेन्टफोर्डलाई २-० को अग्रता दिलाए। उनको प्रारम्भिक दोहोरो प्रहारले नै खेलको लय तय गरेको थियो।

यद्यपि, म्यानचेस्टर युनाइटेडका लागि २६औं मिनेटमा बेन्जामिन सेस्कोले गोल गर्दै खेलमा फर्कने संकेत देखाएका थिए। सेस्कोको गोलपछि खेल केही समय प्रतिस्पर्धात्मक बने पनि युनाइटेडले बराबरी गोल फर्काउन सकेन।

खेलको अन्तिम क्षणसम्म पनि ब्रेन्टफोर्डको रक्षापंक्ति बलियो रह्यो। इन्जुरी समयको पाँचौं मिनेटमा मथियास जेन्सेनले गोल गर्दै ब्रेन्टफोर्डको जितलाई ३-१ को नतिजामा परिणत गरे।

यो जितसँगै ब्रेन्टफोर्डले लिग तालिकामा महत्त्वपूर्ण तीन अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published.