सन्दीप लामिछाने वेस्ट इन्डिजविरुद्धको सिरिज नखेल्नुको खुल्यो कारण, भएको के थियो ? -वाइरिबल

अशोज १६, २०८२
Sandeep Lamichine by Ditible

काठमाडौं । नेपाली क्रिकेटका सुपरस्टार सन्दीप लामिछाने फेरि एक पटक विवादको घेरामा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सेप्टेम्बर २७ देखि ३० सम्म यूएईको सारजाह क्रिकेट मैदानमा भएको नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी–२० आई सिरिजमा सन्दीपलाई निलम्बन गरेको थियो ।

यो निर्णयले नेपाली क्रिकेट समर्थकहरूमा तरङ्ग नै पैदा गरेको थियो । हालै नेपाल क्रिकेट संघ(क्यान) ले सार्वजनिक गरेको विज्ञप्ती अनुसार सन्दीपले पहिलो खेल सुरु हुनु ४५ मिनेटअघि मात्र नखेल्ने निर्णय गरेपछि उनलाई क्यानले सिरिजभरि निलम्बन गरेको जानकारी दिएको छ ।

खेल सुरु हुनु ४५ मिनेटअघि मात्र सन्दीपको यस्तो निर्णयले टोली व्यवस्थापनलाई स्तब्ध बनाएको थियो । ‘सन्दीपको एकपक्षीय निर्णयले टिम म्यानेजमेन्ट, खेलाडीहरू र समग्र नेपाली क्रिकेटमा नै गम्भीर प्रभाव पारेको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । टोली व्यवस्थापनको सिफारिसमा क्यानले तत्काल सन्दीपलाई कारबाही गर्दै पहिलो खेलपछि बाँकी दुई खेल र सम्पूर्ण सिरिजका लागि निलम्बन गरेको उल्लेख गरिएको छ । टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध नेपालले ३ खेलको सिरिज २–१ ले जितेर इतिहास नै रचेको थियो ।

क्यानको यो निर्णयले सन्दीप माथी सामाजिक सञ्जाल र मिडियामा उठेका प्रश्नहरूको जवाफ पनि दिएको छ । किनकी सिरिजभर सन्दीप अनुपस्थित हुनुलाई समर्थकहरूले रहस्यमय मानेका थिए, तर क्यानले यसलाई स्पष्ट गर्दै अनुशासनको महत्व जोड दिएको छ । अर्कोतर्फ सन्दीपको निलम्बन वेष्ट इण्डिजविरुद्धको सिरिजसम्म मात्र सीमित रहेको छ । उनी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने आईसीसी मेन्स टी–२० विश्वकप एसिया÷ईएपी फाइनल प्रतियोगितामा टोलीसँगै सहभागी हुनेछन् ।

यो प्रतियोगिता नेपालका लागि अत्यन्त महत्वपूर्ण छ । यदि विश्वकप छनोटमा सफलता हासिल गरेमा नेपाली क्रिकेटले फेरि नयाँ उचाइ छुनेछ । अर्कोतर्फ सन्दीपको कमब्याकले टोलीलाई थप बलियो बनाउनेछ, ।

Leave a Reply

Your email address will not be published.