बार्सिलोनामाथि सेभियाको फराकिलो जित -वाइरिबल

अशोज २०, २०८२
558055896 1388759679920761 5776357131227484795 n by Ditible

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत हिजो भएको खेलमा सेभियाले बार्सिलोनालाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । सेभियाको घरेलु मैदानमा बार्सिलोनाले लज्जास्पद हार बेहोरेको हो।

खेलको सुरुवातदेखि नै सेभियाले बार्सिलोनामाथि दबाब सिर्जना गरेको थियो। खेलको १३ औं मिनेट मा पेनाल्टीमार्फत एलेक्सिस सान्चेज ले गोल गर्दै सेभियालाई अग्रता दिलाए। त्यसपछि ३७ औं मिनेट मा आइज्याक रोमेरोले गोल गरेपछि पहिलो हाफमै सेभिया २-० को बलियो अवस्थामा पुग्यो।

यद्यपि, पहिलो हाफको अतिरिक्त समयमा मार्कुस राशफोर्डले बार्सिलोनाका लागि एक मात्र गोल फर्काएका थिए।

दोस्रो हाफमा बार्सिलोनाले पुनरागमन गर्ने प्रयास गरे पनि सफल हुन सकेन। बरु, खेलको ९० औं मिनेटमा होसे एन्जेल कारमोना र ९६औं मिनेटमा अकोर एडम्सले गोल गर्दै सेभियालाई ४-१ को प्रभावशाली जित दिलाए।

Leave a Reply

Your email address will not be published.