नेपालले कतारलाई हरायो -वाइरिबल

अशोज २०, २०८२
nepal 1 by Ditible

काठमाडौं । नेपाली टोलीले आईसीसी टी–२० विश्वकपको छनोटको तयारीस्वरुप भएको अभ्यास खेलमा लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा नेपालले कतारलाई १६ रनले स्तब्ध पारेको हो ।

नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याउने क्रममा कतार निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रनमै समेटियो । कतारका लागि तन्भिरले ३७ बलमा सर्वाधिक ५१ रन जोडे पनि टोलीलाई जिताउन भने सकेनन् । मिर्जाले अन्तिममा ४० रन जोडेर खेललाई रोमाञ्चक मोडमा पुर्र्याएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन जोडेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक अर्धशतकीय इनिङको योगदान गरे । उनले ३३ बलमा ५६ रन जोडे । यस्तै, कुशल मल्ल २० बलमा ३८ रन बनाएर अविजित रहँदा दीपेन्द्रसिंह ऐरी पनि २१ बलमा ३८ रन बनाएर आउट भए ।

यसअघि शनिबार भएको ओमानविरुद्धको अभ्यास खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो।

Leave a Reply

Your email address will not be published.