काठमाडौं । पाँच खेलको अन्तर्राष्ट्रिय टी२० सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपाली महिला टोलीले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
बायुमास ओभलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो । सिरिजको उपाधि उचाल्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।
पाँच खेलको सिरिजमा २-२ को बराबरी खेलेका नेपाल र मलेसिया आज फाइनल प्रतिस्पर्धा गर्न लागेका हुन् ।
पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा फेरि ६ विकेटको सानदार जित निकालेको थियो ।













