नेपाल टी-२० विश्वकपमा छनोट भए ५१ लाख पुरस्कार दिने अर्नाको घोषणा -वाइरिबल

अशोज २३, २०८२
nepali team by Ditible

काठमाडौं । नेपालको लोकप्रिय ब्रान्ड अर्नाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई टी-२० विश्वकपका लागि छनोट भएमा ठूलो आर्थिक सहयोगको घोषणा गरेको छ।

अर्नाले जारी गरेको विज्ञप्तिअनुसार, यदि टीम नेपाल टी-२० वर्ल्ड कपको लागि छनोट भएमा रु ५१ लाखको नगद पुरस्कार टोलीलाई प्रदान गरिनेछ।

यो पुरस्कारका अतिरिक्त, नेपालमा क्रिकेटको पूर्वाधार विकासलाई टेवा पुर्‍याउनका लागि अरनाको मातृ संस्था यती ब्रुअरी को सीएसआर कोषमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई थप रु ५१ लाख उपलब्ध गराइने पनि घोषणा गरिएको छ।

अर्नाले यस पहललाई नेपाल क्रिकेटको उज्ज्वल भविष्य सुनिश्चित गर्ने प्रयासको रूपमा लिएको छ। कम्पनीले टी-२० वर्ल्ड कप क्वालिफायरमा सहभागी हुँदै गरेको नेपाली टोलीलाई पूर्ण रूपमा समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी सुरुवात गरिसकेकाे छ । ९ टोली सहभागी छनोटमा शीर्ष ३ मा रहन सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ ।

Leave a Reply

Your email address will not be published.