कतारले मलेसियालाई ८ विकेटले हरायाे -वाइरिबल

अशोज २३, २०८२
qatar by Ditible

ओमान । आईसीसी विश्व टी-२० क्वालिफायर अन्तर्गत आज भएको समूह चरणको खेलमा कतारले मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।

ओमामा भएको रोमाञ्चक खेलमा कतारले उत्कृष्ट ब्याटिङ गर्दै १७.१ ओभरमै जित हात पारेको हो।

कतारले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो। मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रनको सामान्य स्कोर खडा गर्‍यो। मलेसियाका लागि ओपनर विरन्दी सिंहले ५४ बलमा सर्वाधिक ६२ रन बनाए पनि अन्य ब्याट्सम्यानबाट खासै ठूलो योगदान आएन।

कतारका बलर मिर्जा मोहम्मद बैगले सानदार प्रदर्शन गर्दै ४ ओभरमा १७ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए भने ओवाइस अहमदले ३ विकेट हात पारे।

१२४ रनको लक्ष्य पछ्याएको कतारले २ विकेटको क्षतिमा मात्र १७.१ ओभरमा लक्ष्य पूरा गर्‍यो। कतारका लागि ओपनर जुबैर अलीले उत्कृष्ट प्रदर्शन गर्दै ६५ रनको अविजित अर्धशतकीय इनिङ खेले। उनले ४४ बलको सामना गरेका थिए। यस्तै, मिर्जा मोहम्मद बैगले पनि आक्रामक ब्याटिङ गर्दै ३५ रन बनाएर जुबैरलाई साथ दिए।

मलेसियाका बलरमध्ये विरन्दी सिंह र खिजर दुर्रानीले १-१ विकेट लिए पनि टोलीलाई जिताउन पर्याप्त भएन।

Leave a Reply

Your email address will not be published.