नेपाली महिला क्रिकेट टिमका लागि मुख्य प्रशिक्षक पदका लागि आवेदन खुला -वाइरिबल

अशोज २५, २०८२
nepal s 1 by Ditible

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षक पदका लागि आवेदन खुला भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आज टी२० महिला विश्वकप ग्लोबल क्वालिफायरलाई मध्यनजर गर्दै आवेदन खुला गरेको हो । ईसीबी वा सीए लेभल(३ वा सो सरहको प्रमाणपत्र भएको र कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेट प्रशिक्षण अनुभव भएको व्यक्तिले मात्र आवेदन दिन सक्नेछन्।

आवेदनमा उल्लेख भएअनुसार नयाँ प्रशिक्षकले टिमको प्रदर्शन सुधार गर्नुका साथै सहयोगी स्टाफको नेतृत्व गर्नु पर्नेछ । इच्छुकले आफ्नो सीभी र पोर्टफोलियो २०२५ अक्टोबर २५ भित्र बुझाइसक्नुपर्ने क्यानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.