विश्वकप छनोटमा पोर्चुगलको कठिन जित, रोनाल्डो पेनाल्टीमा चुके -वाइरिबल

अशोज २६, २०८२
portuga by Ditible

काठमाडाैं । फिफा विश्वकप छनोट अन्तर्गत समूह ‘एफ’को महत्त्वपूर्ण खेलमा पोर्चुगलले गणतन्त्र आयरल्यान्डलाई १-० ले पराजित गरेको छ। पोर्चुगलको जितमा निर्णायक गोल मिडफिल्डर रूबेन नेभेसले गरे।

खेलको निर्धारित ९० मिनेटसम्म आयरल्यान्डको बलियो रक्षापंक्ति तोड्न नसकेपछि पोर्चुगल दबाबमा थियो। स्टार खेलाडीहरूको उपस्थिति भए पनि आयरल्यान्डले घरेलु टोलीलाई गोल गर्नबाट निरन्तर रोकिरहेको थियो। पोर्चुगलका लागि यसअघि कप्तान क्रिस्चियानो रोनाल्डोले पाएको पेनाल्टी अवसरसमेत आयरल्यान्डका गोलकिपरले बचाएका थिए, जसले गर्दा खेल गोलरहित बराबरीमा सकिने सम्भावना बढेको थियो।

तर, दोस्रो हाफको इन्जुरी टाइममा पोर्चुगलका लागि रूबेन नेभेसले हेडरमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई बहुमूल्य तीन अंक दिलाए। उनको यो निर्णायक गोलले पोर्चुगलको विश्वकपमा छनोट हुने अभियानलाई थप मजबुत बनाएको छ।

Leave a Reply

Your email address will not be published.