मेसीको दुई गोलसहित इन्टर मियामीको शानदार जित -वाइरिबल

अशोज २६, २०८२
messi 1 by Ditible

काठमाडाैं । मेजर लिग सकरअन्तर्गत आज भएको खेलमा इन्टर मियामीले एट्लान्टा युनाइटेडलाई ४-० गोल अन्तरले हराउँदै घरेलु मैदानमा प्रभावशाली जित दर्ता गरेको छ।

टोलीको स्टार खेलाडीहरूको अग्रपङ्क्ति एट्लान्टाका लागि निकै भारी साबित भयो।

इन्टर मियामीका कप्तान लियोनल मेसीले खेलमा दुई गोल गर्दै शानदार प्रदर्शन गरे। उनले ३९औँ मिनेटमा पहिलो गोल गर्दै मियामीलाई अग्रता दिलाए भने ८७औँ मिनेटमा अर्को गोल थपेर जित सुनिश्चित गरे।

दोस्रो हाफमा मेसीका पूर्व सहकर्मी जोर्डी अल्बाले ५२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि अर्का अनुभवी स्ट्राइकर लुइस स्वारेजले ६१औँ मिनेटमा गोल गरेपछि मियामीले फराकिलो जित हासिल गर्यो।

यस जितसँगै इन्टर मियामीले सिजनमा आफ्नो दबदबा कायम राखेको छ।

Leave a Reply

Your email address will not be published.