काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणमा यूएईविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।
कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोजेपछि मैदानमा उत्रिएको नेपालका लागि आशिफले ४६ बलमा अर्धशतक पूरा गरेका हुन् । हाल नेपालले १५ ओभरमा २ विकेट गुमाएर १०२ रन जोडेको छ ।













