वेल्समाथि बेल्जियमको शानदार जित, डी ब्रुयनको दुई गोल -वाइरिबल

अशोज २८, २०८२
beligim by Ditible

काठमाडाैं । फिफा विश्वकप छनोटअन्तर्गत बेल्जियमले वेल्सलाई ४-२ को गोल अन्तरले पराजित गरेको छ। बेल्जियमको जीतमा स्टार खेलाडी केभिन डी ब्रुयनले दुई पेनाल्टीसहित उत्कृष्ट प्रदर्शन गरे।

वेल्सले खेलको ८औँ मिनेटमा जो रोडनको गोलमार्फत अग्रता लिएको थियो। तर, बेल्जियमले १८औँ मिनेटमा केभिन डी ब्रुयनको पेनाल्टी गोलबाट बराबरी गर्‍यो भने २४औँ मिनेटमा थोमस मुनिएरले गोल गर्दै बेल्जियमलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए।

दोस्रो हाफमा पनि बेल्जियमको दबदबा कायमै रह्यो । ७६औँ मिनेटमा डी ब्रुयनले नै दोस्रो पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमलाई ३-१ को बलियो स्थितिमा पुर्‍याए।

यद्यपि, वेल्सका लागि नाथन ब्रोडहेडले ८९औँ मिनेटमा एक गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरे । तर, त्यसको एक मिनेटपछि नै लेआन्ड्रो ट्रोसार्डले गोल गर्दै बेल्जियमलाई ४-२ को निर्णायक जीत दिलाए।

Leave a Reply

Your email address will not be published.